सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईपीओ ल्याउने तयारीमा २८ कम्पनी, कुनैले पनि पाएनन् अनुमति

२०७८ पुष १७, ०३:१० खबर संवाददाता

काठमाडौंः विभिन्न क्षेत्रका २८ वटा कम्पनी साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेका छन्। उनीहरू सर्वसाधारणलाई आईपीओ निष्कासनको अनुमति माग्दै बोर्ड पुगेका हुन्।

तर, आईपीओ निष्कासनको अनुमति माग्दै बोर्ड पुगेको ती कुनै पनि कम्पनीले पछिल्लो समय अनुमति पाएका छैनन्। खास गरी, सेयर बजारको नियामकको हैसियतमा रहेको धितोपत्र बोर्ड अध्यक्षविहीन हुँदा आईपीओ निष्कासनको अनुमति नपाएका हुन्। बोर्डमा १८ वटा जलविद्युत कम्पनी, ६ वटा लघुवित्त कम्पनी, २ वटा बीमा कम्पनी र २ वटा अन्य कम्पनीले अनुमति मागेका छन्। तर, सरकारले तात्कालिक अध्यक्ष भीष्मराज ढुंगानालाई असोज १९ गते बर्खास्त गरेपछि बोर्ड नेतृत्वविहीन छ। अध्यक्ष बिना आईपीओको अनुमति दिने अधिकार बोर्डका अन्य कर्मचारीमा छैन। बुक बिल्डिङ माध्यमबाट महँगोमा आईपीओ निष्कासनको तयारी गरेको सर्वोत्तम सिमेन्टको सेयरमा गैरकानुनीरूपमा खरिद पाइएपछि अध्यक्ष ढुंगाना निष्कासनका परेका थिए।

कमेन्ट लोड गर्नुस