सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद

२०७८ पुष १६, ०५:२५ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका १० सडकघाटबाट भारतबाट नेपाल ल्याउँदै गरेका अवैध सामान बरामद गरेको हो।

३ लाख ५ हजार ४४० मुल्य बराबरका  मोटर, जालि, थाल लगायत विभिन्न हार्डवयरका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बरामद गरिएका सामान आवश्यक कारबाहीका लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस