सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छलिका अवैध सामान बरामद

२०७८ पुष १३, ०७:१२ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा भन्सार छलिका अवैध सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत गुलरीयाबाट खटिएको प्रहरी गस्ती टोलिले कृष्णपुर नगरपालिका ५ बनदेबि सामुदायिक वन जंगलमा भारतबाट अबैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याइएका सामान बरामद गरेको हो।

९२ हजार ७४० बराबरको सर्ट थान कपडा ६ रोल, कोट पाईन्ट थान कपडा १५ रोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बेवारिसे अवस्थामा फेला परेको सामान आवश्यक कारबाहीका लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस