दार्चुलामा विद्यालय गएकी बालिका बेपत्ता
२०७८ पुष १२, ०५:३५
दार्चुला: दार्चुलाको मार्मा गाउँपालिकामा आइतबार बिहान घरबाट विद्यालय जान भनी निस्केकी एक बालिका सम्पर्कविहिन भएकी छिन्। लटिनाथ मावि रस्कोटको कक्षा ५ मा अध्ययनरत मार्मा गाउँपालिका वडा नम्बर ३ रिलकी १५ वर्षीया ईश्वरी धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
ईश्वरी धामीको खोजीको लागि उनका बुवा कृष्णसिंह धामीले प्रहरीसमक्ष निवेदन दिएका छन्। प्रहरीले उनको खोजी कार्य भइरहेको बताएको छ।
कमेन्ट लोड गर्नुस