सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँ नेतृत्वलाई कैलाली उद्योग वाणिज्य संघको शाख फर्काउन सुझाव

२०७५ पुष २३, १०:३९ सीताराम ओझा

देशकै सर्वोकृष्ट संघ बन्न सफल कैलाली उद्योग वाणिज्य संघको नयाँ आउने नेतृत्वलाई आगामी दिनमा प्रदेशको विकास र समृद्धिका लागि अभियान चाल्न पुर्व पदाधिकारीहरुको सुझाव दिएका छन् । पुस २८ गते नयाँ नेतृत्वका लागि नयाँ निर्वाचन हुने तयारी भईरहेका वेला पुर्व पदाधिकारीहरुले विगतमा संघले प्राप्त गरेको गरिमालाई थप उचाईमा पुराउन सुझाव दिएका हुन् । उनीहरुले कित्तामा विभाजन भएका व्यवसायीलाई एकताको सुत्र बाँधेर सुन्दर प्रदेशका लागि शसक्त रुपमा पहलेदारी गर्न समेत आग्रह गरेका छन् । 

पुस २८ गते कैलाली उद्योग वाणिज्य संघको निर्वाचनलाई लिएर नेतृत्वमा आउन चाहने व्यवसायीहरु प्रचार प्रसारमा सक्रियताका साथ लागिरहेका छन् । तीन वटा समुह प्यानल सहित चुनावी मैदानमा होमिएका वेला अव भने संघको विगतको गरिमालाई थप उचाईमा पुराउने चुनौती पनि नयाँ नेतृत्वामा छ । नक्कली सदस्या वनाएर संघमा आउने प्रवृतिले केही बर्ष संघले सुदुरपश्चिम प्रदेशका लागि खासै पहल गर्न नसकेको गुनासो आउने गरेका वेला नयाँ नेतृत्वले भने अव प्रदेशको विकास र समृद्धिका लागि लाग्नुपर्ने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर वोगटीले बताए । 

२०६४ सालमा देशभरकै सर्वोकृष्ट संघ वनेको कैलाली उद्योग वाणिज्य वाणिज्य संघकै पहलमा सुदुरपश्चिम सुन्दर अभियान चलेपछि सुदुरपश्चिमका सम्भावनाहरु देश विदेशमा चिनिए । ईन्क्रेडिबल फारवेष्ट, ओन्डरफुल फारवेष्ट नामक फोटोहरु, सुदुरपश्चिम दर्शम नाम वृतचित्र, पोष्टकार्डका साथै सुदुरपश्चिममा महोत्सवको सुरुवात गर्दै २१ बुँदे माग र २१ किलोको माला लगाउने परम्परा मार्फत सुदुरपश्चिमको विकास र समृद्धिका लागि पहल हुँदै आएको थियो । तर पछिल्ला बर्षमा यो अभियान सेलाएको महसुस भएका वेला ११ बर्ष अघि देशकै सर्वोकृष्ट संघ वनेकोउद्योग वाणिज्य संघलाई अबका दिनमा थप उचाईमा पुराउने सुझाव पुर्व अध्यक्ष कर्र्ण कुँवरको रहेको छ । 

कैलाली उद्योग वाणिज्य संघले विगतमा सुन्दरसुदुरपश्चिम अभियान, एक पैसे अभियान, सिण्डीकेट विरुद्धका धेरै अभियानहरु सञ्चालन गरेको कुरा सवै व्यवसायीको मन मष्तिस्कमा ताजै छ । सानादेखि ठुला व्यवसायी सवै जना सुदुरपश्चिमको विकासका लागि सधैं एकजुट समेत भएका थिए । तर पछिल्ला वर्षहरुमा व्यवसायी व्यवसायीहरु विच दुरी वढेको छ । व्यवसायिक हित र एकतालाई मात्रै होईन प्रदेशको समृद्धि र विकासका लागि पनि विगतमा उठाईएका मुद्धाहरुका साथै थप एजेण्डाहरुको उठान गर्दै संघ अगाडी वढ्नुपर्ने संघकै पुर्व अध्यक्ष दिनेशराज भण्डारीको भनाई छ । 

व्यवसायिक रुपमा सवै व्यवसायीलाई एकताको सुत्रमा बाध्दै अगाडी वढ्नुपर्ने जिम्मेवारी नयाँ नेतृत्वको काँधमा आउने छ । विगतमा यस क्षेत्रका मुद्धाहरु उठान गर्नका लागि केन्द्रिकृत साशन सत्ताका कारण केन्द्रकै मुख ताक्नुपर्ने अवस्था थियो । तर संघीयतामा देशले फड्को मारे झैं प्रदेश सरकार र स्थानीय सरकार अघर आँगनमा आएको छ । राजनितिक क्रान्तिपछि अव प्रदेश र स्थानीय सरकारलाई घचघचाएर आर्थिक विकास र समृद्धिका मुदाहरु उठान गर्नुपर्ने संघका निवर्तमान अध्यक्ष शंकर वोगटीले बताए । सुदुरपश्चिम सम्भावनाको प्रदेश हो, जलस्रोत जटीवुडी, खनिज पदार्थ, प्राकृतिक ताथ धार्मिक पर्यटन लगायत धेरै क्षेत्रमा अथाह सम्भावना छ । त्यसैले पनि ती सम्भावनाहरुलाई अगाडी वढाउँदै प्रदेश सरकारको आर्थिक सल्लाहकारको रुपमा संघलाई अगाडी वढाउनुपर्ने संघका पुर्व अध्यक्ष दिनेशराज भण्डारीको भनाई छ । 
 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस