सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेप्सेमा उच्च अङ्कको वृद्धि, २० कम्पनीको शेयर मूल्यमा सर्किट

२०७८ पुष ११, ०७:०५ रासस

काठमाडौँ: धितोपत्र बजारमा शेयरका कारोबार मापक नेप्से परिसूचक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ। शेयर कारोबार हुने साताको पहिलो दिन नेप्सेमा उच्च अङ्कको वृद्धि भएको हो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७१.२० अङ्कले बढेर दुई हजार ५९१.४२ मा पुगेको छ। 

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३८ अङ्कले बढेर ४८२.७४ मा पुगेको छ। कूल २३१ कम्पनीको ८६ लाख एक हजार ९५६ कित्ता शेयर पाँच अर्ब १७ करोड ३२ लाख ५०३ मूल्यमा खरिद बिक्री भए। 

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर ओरालो लागेको छ। यस्तै, ११ उपसमूहको शेयर भने उकालो लागेको छ । जलविद्युत् ३।४६ र वित्त २४।२ अङ्कले ओरालो लागेको छ। यस्तै, बैंकिङ २०.४५, व्यापार २१.३३, होटल तथा पर्यटन ४८.४७, विकास बैंक ५१.५८, निर्जीवन बीमा ९०७.१, उत्पादन ३५५.३४, अन्य ५०.४३, १७२.६६, जीवन बीमा १, सामूहिक लगानी कोष ०.११ र लगानी २.३८ अङ्कले उकालो लागेको छ। 

कारोबारका आधारमा आज नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको रु ३२ करोड सात लाख ४९ हजार ७३६ बराबरको कारोबार भयो। यस्तै, हिमालयन डिस्टिलरी २६ करोड ६६  लाख ५२ हजार ६८५, नेपाल लाइफ इन्स्योरेन्स १९ करोड सात लाख ५१ हजार, शिवम् सिमेन्ट १५ करोड ५२ लाख सात हजार ३३९ र नेपाल दूरसञ्चार कम्पनी १३ करोड ३३ लाख २९ हजार ५३३ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए। 

२० कम्पनीको शेयरमा सर्किट 

लामो समयपछि विभिन्न २० कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। नेप्सेकाअनुसार नेशनल लाइफ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रडेन्सियल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सलगायत विभिन्न २० कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्म्क सर्किट लागेको छ। 

त्यस्तै, गुर्खाज फाइनान्स ५.५७, सनराइज फस्ट म्युचुअल फण्ड ३.११, माउण्टेन इनर्जी ३.११, ग्रीन हाइड्रोपावर २.९६ र विशाल बजार कम्पनीका लगानीकर्ताले २.९५ प्रतिशतले गुमाए। आइतबारको कारोबारपछि बजार पूँजीकरण ३६ खर्ब ५५ अर्ब ३१ करोड ८४ लाख १५५ बराबर पुगेको छ।
 

कमेन्ट लोड गर्नुस