सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य कार्यालय डोटीले आयोजना गरेको शिविरबाट ५१ जना लाभान्वित

२०७८ पुष १०, ०७:५५ रासस

डोटी: जिल्लाको जोरायल गाउँपालिकामा सञ्चालन गरिएको एकदिने स्वास्थ्य शिविरबाट ५१ जना लाभान्वित भएका छन्। जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा यहाँको वडा नं २ बुडर स्वस्थ्यचौकीमा उक्त शिविर सञ्चालन गरिएको थियो। शिविरमा दम, टिभी, सुगर, मुटुरोग र उच्च रक्तचापसम्बन्धी जाँच गरिएको स्वस्थ्यचौकीका प्रमुख गणेश भण्डारीले जानकारी दिए। उनका अनुसार तीन महिला र ४८ पुरुष गरी ५१ जनाले उक्त शिविरबाट स्वास्थ्य सेवा लिएका छन्।

जिल्लामा अत्यधिक चिसो बढेकाले यहाँका नागरिकको स्वास्थ्यको ख्याल गर्दै र विभिन्न नसर्ने रोगका बारेमा जानकारी दिन उक्त शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यलयका निमित्त स्वस्थ्य प्रमुख उद्धवसिंह ठगुन्नाले बताए। चिसोको समयमा पनि नसर्ने रोग भेटिन थालेकाले नसर्ने रोगबाट ग्रसित मानव तथ्याङ्क पनि लिन आवश्यक भएकाले ती रोगका जानकारी लिने उद्देश्यले देशैभरि तथ्यङ्क सङ्कलन गर्ने काम भइरहेकाले यहाँका विभिन्न स्वास्थ्य संस्थामा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको उनको भनाइ छ।

कमेन्ट लोड गर्नुस