सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

२०७८ पुष १०, ०६:१७ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेदकोट नगरपालिका–९ सुन्दरपुर बस्ने वर्ष २८ का जितेन्द्र बिष्ट रहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत संघीय लागुऔषध प्रहरी इकाई कार्यालय नियन्त्रण सेल महेन्द्रनगरबाट खटिएको प्रहरी टोली उनीलाई पक्राउ गरेको हो।

उनको साथबाट नगद ७ हजार र कालो प्लाष्टिकभित्र राखेको १.०२ ग्राम लागुऔषध खैरो हिरोइन फेला परेको प्रहरीले बताएको छ। प्रहरीले उक्त विषयमा थप अनुसन्धान गरिरहेको छ। 

कमेन्ट लोड गर्नुस