सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको पुनर्वासमा अनेरास्ववियुको प्रथम नगर अधिवेशन सम्पन्न

२०७८ पुष १०, ०८:१३ खबर संवाददाता

कञ्चनपुर : कञ्चनपुरको पुनर्वासमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ। शुक्रबार पुनर्वास नगरपालिका–६, स्थित उद्योग वाणिज्य संघको सभाहलमा अनेरास्ववियुका पुनर्वास ईन्चार्ज नन्दराज जोशीको अध्यक्षतामा प्रथम नगर अधिवेशन सम्पन्न भएको हो।

नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सह–इन्चार्ज राजेन्द्रसिँह रावलको प्रमुख आतिथ्य तथा अनेरास्ववियु केन्द्रीय सचिव लोकेन्द्रबहादुर सिँह र सल्लाहकार परिषद सदस्य भक्तबहादुर अधिकारीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको नगर अधिवेशनमा केन्द्रीय, प्रदेश र जिल्ला कमिटिका सदस्यहरुको आतिथ्य रहेको थियो।

अधिवेशनमा प्रमुख अतिथी लगायतका अतिथी वक्ताहरुले नेकपा एमाले बौद्धिक र बैचारिक व्यक्तिहरुको पार्टी भएको दावी गरेका थिए। अधिवेशनबाट अनेरास्ववियु पुनर्वासको अध्यक्षमा टिकाराम रेग्मी, उपाध्यक्षमा विशाल केसी, सचिवमा सकुन्तला मल्ल, सह–सचिवमा सन्दिप विक, सुनिल विक, रोशन नेपाली, कोषाध्यक्षमा अञ्जु खड्का र सदस्यहरुमा भावना अधिकारी, मिलन ओडलाई चयन गरिएको छ।

पुनर्वास भित्रका माध्यमिक र उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको अधिवेशनको औपचारिक कार्यक्रमको सञ्चालन अनेरास्ववियुका कञ्चनपुर जिल्ला सह–सचिव दिलबहादुर सुनारले गरेका थिए।

कमेन्ट लोड गर्नुस