सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लागुऔषधसहित कञ्चनपुरका दुई युवक पक्राउ

२०७८ पुष ७, ०७:३७ खबर संवाददाता

धनगढी : धनगढीमा लागुऔषधसहित कञ्चनपुरका दुई युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार मंगलबार राति १ बजेको समयमा कृष्णपुर नगरपालिका-२ का २७ वर्षीय दीपक विक र २१ वर्षीय राजेन्द्र कामी पक्राउ परेका हुन्।

उनीहरुलाई धनगढी उपमहानगरपालिका-३ बाट ४१ ट्याब्लेट नाइट्रोभेटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकश जोशीले बताए। दुवै जनामाथि लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइने उनले बताए। 


 

कमेन्ट लोड गर्नुस