तेस्रो दिपेन्द्र स्वाँर स्मृति क्रिकेट प्रतियोगिता: टीम महेन्द्रनगर विजयी
धनगढी: दिपु सोसाइटी धनगढीको आयोजनामा सञ्चालित तेस्रो दिपेन्द्र स्वाँर स्मृति क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। केएमसी मैदानमा मंगलबार भएको फाइनल खेलमा धनगढीको शिवनगर लायन्स र टीम महेन्द्रनगर भिडेको थियो। जहाँ टीम महेन्द्रनगरले २१० रनको लक्ष्य दिएर शिवनगर लायन्स टीमलाई १४९ मा अलआउट गर्दै विजयी भएको हो।
विजेता टीम शिवनगर लायन्सले एक लाख नगद हात पारेको छ, भने उपविजेता टीम शिवनगर लायन्सले ५० हजार हात पारेको छ। प्रतियोगितामा शिवनगर लायन्सका महेन्द्र चन्द म्यान अफ द सिरिज भए। यस्तै, टीम महेन्द्रनगरका महेश विष्ट उत्कृष्ट बलर र बेस्ट ब्याट्सम्यान टीम महेन्द्रनगरकै नितेश विष्ट भएका थिए।