सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा बेग्लाबेग्लै मुद्धाका २ फरार कसुरदार पक्राउ

२०७८ पुष ४, ०६:०३ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुर प्रहरीले २ फरक–फरक मुद्धाका फरार २ कसुरदारलाई पक्राउ गरेको छ। चोरी मुद्धामा फरार रहेका बेदकोट नगरपालिकास्थित दैजीका ज्ञानु भन्ने ज्ञानेन्द्र बम र ज्यान सम्बन्धी कसुर मुद्धामा भीमदत्त नगरपालिकाका २७ वर्षीय प्रकाश पन्त पक्राउ परेका हुन्।  

चोरी मुद्धाका कसुरदार बमलाई जिल्ला अदालतले २०५६ मंसिर ९ गते १ महिना १५ दिन कैद सजायको फैसला सुनाएको थियो। यस्तै ज्यान सम्बन्धी मुद्धाका कसुरदार पन्तलाई अदालतले २०७३ असार २९ गते ५ वर्ष कैद र ५० हजार जरिमानाको सजाय सुनाएको थियो।

फैसलापछि फरार रहेका दुवैलाई पक्राउ गरी अदालतमा पेश गरिएकोमा अदालतले कैद भुक्तानका लागि करागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

कमेन्ट लोड गर्नुस