सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका एक युवक लागुऔषधसहित कञ्चनपुरबाट पक्राउ

२०७८ पुष २, ११:४३ खबर संवाददाता

धनगढी : धनगढीका एक युवक लागुऔषधसहित कञ्चनपुरबाट पक्राउ परेका छन्।

कञ्चनपुरको बेलौरी नगरपालिका -८ कालो पुल नजिकबाट धनगढी उपमहानगरपालिका -१३ का लक्ष्मण धामीलाई इलाका प्रहरी कार्यालय बेलौरीले पक्राउ गरेको हो। उनको साथबाट लागुऔषध ९.६० ग्राम खैरो हिरोइन बरामद गरिएको कार्यालयका प्रहरी निरीक्षक कमल कुमार खड्काले बताए। 

कमेन्ट लोड गर्नुस