सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा झण्डै ९० हजारले लगाए कोरोनाविरुद्ध खोपको पहिलो मात्रा

२०७८ पुष १, ११:४९ खबर संवाददाता

धनगढी : बैतडीमा झण्डै ९० हजार नागरिकले कोरोनाविरुद्ध खोपको पहिलो मात्रा लगाएका छन्। स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार ८९ हजार ९८४ जनाले कोरोनाविरुद्ध खोपको पहिलो मात्रा लगाएका हुन्।जिल्लाभरी ७५ हजार ३४५ जनाले खोपको पूर्ण मात्रा लगाएका उनले बताए।

जिल्लाको डिलाशैनी गाउँपालिकामा १५ हजार २८३ जनाले पहिलो मात्रा र ८ हजार ४४३ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। यसैगरी दोगडाकेदार गाउँपालिकामा ८ हजार ९९५ जनाले पूर्ण खोप, पुर्चौंडी नगरपालिकामा ११ हजार २८१ जनाले पहिलो मात्रा र ७ हजार ८२१ जनाले पूर्ण मात्रा, दशरथचन्द नगरपालिकामा १५ हजार ४०२ जनाले पहिलो मात्रा र १८ हजार ३५६ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। 

यस्तै, सुर्नया गाउँपालिकामा ३ हजार ७१८ जनाले पहिलो मात्रा र ४ हजार ९२ जनाले पूर्ण मात्रा, पञ्चेश्वर गाउँपालिकामा ५ हजार ९३७ जनाले पहिलो मात्रा र ६ हजार ९९५ जनाले पूर्ण मात्रा, शिवनाथ गाउँपालिकामा ५ हजार १३६ जनाले पहिलो मात्रा र ३ हजार ७३५ जनाले पूर्ण मात्रा, मेलौली नगरपालिकामा ९ हजार १३६ जनाले पहिलो मात्रा र ५ हजार २१८ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। 

जिल्लाको पाटन नगरपालिकामा ६ हजार १६१ जनाले पहिलो मात्रा र ८ हजार ७५३ जनाले पूर्ण मात्रा र सिगास गाउँपालिकामा ८ हजार ३९५ जनाले पहिलो मात्रा र ३ हजार ३३७ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ। १८ वर्ष माथिकालाई खोप लगाउने कार्य जारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। 

कमेन्ट लोड गर्नुस