सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा बुहारीमाथि बलात्कार आरोप लागेका ससुराविरुद्ध मुद्दा दर्ता

२०७८ मंसिर २८, ०४:४६ खबर संवाददाता

बैतडी: बैतडीमा आफ्नै बुहारीमाथि बलात्कार आरोप लागेका सिगास गाउँपालिकाका एक पुरुषविरुद्ध मुद्धा दर्ता भएको छ। ससुराबाट बलात्कृत ती बुहारीले मंगलबार जिल्ला अदालतमा हाडनाता करणी सम्बन्धि मुद्दा दर्ता गरेको जिल्ला अदालत बैतडीका श्रेष्तेदार जनकसिंह बोहराले बताए। 

अदालतले अब २१ दिने म्याद जारी गर्ने उनले बताए। यसअघि ती महिलालाई सिगास गाउँपालिका–५ को कार्यालयले सिफारिश नदिँदा मुद्दा दर्ता भएको थिएन्।

तर आरोप लाग्ने बित्तिकै ससुरा फरार भएका छन्। आफ्नै बुहारीमाथि बलात्कार गरेर बुहारी गर्भवती भएपछि उनले बलात्कार गरेको कुरा बाहिर आएको थियो। तर प्रहरीमा भने बलात्कारको मुद्दा नभनेकाले प्रहरीले सो मुद्दामा अनुसन्धान नगरेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए। 

गत वर्ष ती महिलाकी छोरीमाथि पनि बलात्कार भएको थियो। ती किशोरीकै जन्मदर्ताका आधारमा मुद्दा दर्ता भएको हो। 
 

कमेन्ट लोड गर्नुस