सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा दृष्टिबिहिनले खोले मसाज सेन्टर

२०७४ चैत्र २७, ०६:३७

हजारौ युवाहरु स्वदेशमा रोजगारी पाईएन भन्दै बिदेश पलायन भईरहेका बेला धनगढीका एक दृष्टिबिहिन युवाले मसाज सेन्टर संचालनको तयारी थालेका छन् । दृष्टिबिहिन युवा दिलिप चौधरीले धनगढीको एलएलचौकमा स्थापना गरेको दृष्टि मसाज सेन्टर नयाँ बर्षको अवसर पारी आउने बैशाख १ गतेदेखी संचालनमा आउनेछ । 
मसाज सेन्टरमा दृष्टिबिहिन युवाहरुलाई नै मसाजकर्ताका रुपमा राखिएको छ ।

अपांगता भएका व्यक्तीहरुले केहि गर्न सक्दैनन भन्ने गलत मानसिकता हटाउनकालागि मसाज सेन्टर स्थापना गरेको संचालक चौधरीले बताए । उनले अपांगताको क्षेत्रमालामो वकालत गरेपनि अब स्वरोजगारको प्रबन्धपनि आफैले गर्नुपर्छ भन्ने मान्यताका साथ मसाज सेन्टर खोलेर दृटिबिहिनलाई नै रोजगारी दिएको बताए । 
एलएनचौकमा रहेको दृष्टि मसाज सेन्टरमा महिला र पुरुषकालागि छुट्टा छुट्टै व्यवस्था मिलाईएको छ ।

समाजमा निशुल्क रुपमा मसाज गरिरहेका दृष्टिबिहिनहरुलाई तालीम दिएर मसाज सेन्टरमा रोजगारी दिएको चौधरीको भनाई छ । अहिले नेपालका काठमाडौ पोखरा लगायतका शहरमा मसाज सेन्टरहरु निकै चलेकाछन् ।

पश्चिम नेपालम मसाज सेन्टरहरु खुल्ने क्रम त्यती धेरै नभएको बेला दृष्टिबिहिन दीलीप चौधरीले धनगढीमा मसाज सेन्टर संचालन गरेर उदाहरणीय काम गरेका छन् । 

कमेन्ट लोड गर्नुस