महेन्द्रनगरमा सिँढीबाट लडेर युवकको मृत्यु
२०८३ साउन २३, ०८:३६
महेन्द्रनगरः कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरमा शुक्रबार राति घरको सिँढीबाट लडेर एक युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता टेकबहादुर रावतका अनुसार घरको सिँढीबाट लडेर ऐठपुरका २३ वर्षीय कपिल नेगीको मृत्यु भएको हो। सिँढीबाट लडेर गम्भीर घाइते भएका नेगीको महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
कमेन्ट लोड गर्नुस