सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका पत्रकार विष्टलाई खेलकुद पत्रकारिता पुरस्कार

२०७८ मंसिर २७, ०५:०३ खबर संवाददाता

बैतडी: राष्ट्रिय समाचार समिति (रासस)का बैतडी समाचारदाता विनोद सिंह विष्ट खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित हुने भएका छन्।  नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले पत्रकारिताको माध्यमबाट खेलकुद क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै विष्टलाई सम्मान गर्न लागेको हो।  

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम प्रदेशबाट खेलकुदको विकास र विस्तारमा योगदान पुर्‍याएको भन्दै मन्त्रीस्तरबाट निर्णय भएबमोजिम विष्टलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मान गरिने भएको हो।  

विष्टलाई अगामी पुस ४ गते मन्त्रालयमै एक कार्यक्रमको आयोजना गरि नगद २५ हजार र प्रमाणपत्रसहित सम्मान गरिने जनाइएको छ। बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोट घर भएका विष्ट विगत १२ वर्षदेखि पत्रकारिता क्रियाशिल रहेका छन्।

सुदूरपश्चिमबाट विष्टसँगै मन्त्रालयले अन्य प्रदेशबाट पनि एक÷एक जनालाई सम्मान गर्ने भएको छ।

कमेन्ट लोड गर्नुस