कञ्चनपुरमा लागुऔषधसहित १ जना पक्राउ
कञ्चनपुर: कञ्चनपुरमा लागुऔषधसहित १ जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बि.ओ.पि.थापाचोकबाट खटीएको सीमा गस्ती टोलीले लागुऔषधसहित १ जना पक्राउ गरेको हो। पुनर्वास नगरपालिका ४ कार्गिलडाँडा स्थित सीमा ईलाकामा भारतबाट नेपाल तर्फ आउँदै गरेको जिल्ला कञ्चनपुर पुनर्वास नगरपालिका ५ ग गाउँ बस्ने अन्दाजी २३ वर्षीया आकाश ओड पक्राउ परेका हुन्।
उनलाई चेक जाँच गर्ने क्रममा उनको साथबाट लागु औषध नेट्राभेट १० ट्याब्लेट ८९ पीस, १ थान मोबाइल र ३२० नेपाली रुपैयाँ सहित बरामद गरीएको गणले जनाएको छ।
उनलाई पक्राउ गरि कानूनी कारबाहीको लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाएको प्रहरीले बताएको छ।