महासचिव रुपेश स्वारद्धारा प्यानल सहित उम्मेदवारी दर्ता
कैलाली उद्योग वाणिज्य संघको चुनावी सरगर्मी
कैलाली उद्योग वाणिज्य संघको पुस २८ गते हुने निर्वाचनका महासचिव रुपेश स्वाँरले प्यानल सहित मनोनयन दर्ता गरेका छन् । निर्वाचन कार्य तालिका अनुसार संघको उम्मेदवार वन्नका लागि मनोनयन दर्ताका लागि दिईएको विहान ९ वजेदेखि ११ बजेको समयमा मनोनयन दर्ता गरिएको हो । संघका मुख्य सात जना पदाधिकारी सहित ११ जना सदस्यमा प्यानल सहित आज निर्वाचन समितिमा मनोनयन दर्ता गरिएको हो ।
स्वाँर अध्यक्ष पदमा मनोनयन दर्ता गरेकोमा सोही प्यानलवाट वाणिज्य उपाध्यक्ष तर्फ गजराज पाण्डेय, उपाध्यक्ष उद्योग तर्फ टेकवहादुर खड्का उपाध्यक्ष वस्तुगत तर्फ अनिल कुमार भुजानिया, महासचिवमा सुरेश पाण्डेय, कोषाध्यक्षमा भीमराज ओझा अब्बु, सचिवमा सुजित शर्मा मनोनयन दर्ता गरेका छन् । यसैगरी सदस्यहरुमा ११ जनाले निर्वाचन समितीमा मनोनयन दर्ता गराएका छन् । सदस्यमा मनोनयन दर्ता गराउनेमा तिलक वोहोरा, रुपेश खड्का, श्यामराज जोशी, शिव सोव, दुर्योधन स्वर्णकार, भरत थापा, सीता भट्टराई, बसन्त भट्ट, रवि कुँवर, नृपप्रसाद चौधरी र निरज वोहोरा रहेका छन् ।
मनोनयन दर्ता भएपछि आज साँझ साढे ५ बजे मनोनयनको सुची प्रकाशन गरिनेछ । पुस १९ गते उजुरी छानविन १९ र २० गते विहान १० वजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता, पुस २० गते साँझ साढे ५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितीले जनाएको छ । त्यसपछि पुस २८ गते विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान गर्नका लागि निर्वाचन कार्य तालिका बनाईएको निर्वाचन समितीले जनाएको छ । कैलाली उद्योग वाणिज्यको अव हुन गईरहेको निर्वाचनमा दुई हजार सात सय २५ जनाले मतदान गर्ने पाउँनेछन् ।