सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका चार पालिका विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा, पुनःनिर्माणको काम गरिने

२०७८ मंसिर २२, ०१:०० रासस

बझाङः सरकारले  बझाङका चार पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ। गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को ले दिएको अधिकारलाई प्रयोग गर्दै थलारा, वित्थडचिर, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी नगरपालिकालाई २०७८ माघ मसान्तसम्म लागू हुने गरी सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका हो। 
 
जिल्लाको सुर्मा र मष्टा गाउँपालिकामा पनि विपद्ले क्षति पु¥याएको जनाउँदै तत्काल विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न स्थानीयवासीले माग गरेका छन्। नेपाली काङ्ग्रेसका नेता ज्ञानबहादुर बोहरा र दीपक रोकायाले मष्टालाई सङ्कटग्रस्त क्षेत्र घोषणा आग्रह गरे।

विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका पालिकामा क्षतिको आँकलन, पुनःनिर्माण तथा पुनःस्थापनाको काम गरिनेछ।
 

कमेन्ट लोड गर्नुस