डडेल्धुराका गोविन्द बोहराले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
२०७८ मंसिर २१, ०८:१८
डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सांसद तथा नेपाली कांग्रेसका नेता गोविन्द बोहराले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन्। सभापति शेरबहादुर देउवा निकट मानिने बोहराले भुगोलतर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएका हुन्।
केन्द्रीय कार्यसमितिमा रहेर काँग्रेसलाई बलियो बनाउन भूमिका खेल्ने पनि प्रतिवद्धता व्यक्त गरेका हुन्। उनी काङ्ग्रेस सुदूरपश्चिमका प्रमुख सचेतक पनि हुन्।
कमेन्ट लोड गर्नुस