सुदूर नेपाललाई विश्वसँग जोड्दै

राप्रपा महाधिवेशन : राजेन्द्र लिङ्देनको अग्रता

२०७८ मंसिर १९, ०५:२२ खबर संवाददाता

धनगढी : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक मत परिणाम आउन थालेको छ।

निर्वाचन समितिका अनुसार ६०० मतगणना गरिँदा अध्यक्ष पदका उमेदवार राजेन्द्र लिङ्देनले ३०० र उनका प्रतिस्पर्धी कमल थापाले २२९ मत पाएका छन्। ७१ मत बदर भएको छ।

राप्रपा अध्यक्षका लागि कागजी मतपत्रमार्फत मतदान सम्पन्न भएको थियो। उपाध्यक्ष, महामन्त्री र सहमहामन्त्री तथा सदस्य पदका लागि विद्युतीय भोटिङ मेसिनमार्फत मतदान भएको थियो। भोटिङ मेसिनतर्फको मतगणना भने सम्पन्न भइसकेको निर्वाचन समितिले जनाएको छ।

कमेन्ट लोड गर्नुस