धनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्न
धनगढीः धनगढीमा नेपाल क्रिटिकल केयर फाउण्डेसन, उज्वल फाउण्डेसन र निसर्ग हस्पिटलको सहकार्यमा दुइ दिने ‘बेसिक फर नर्स’ तालिम सम्पन्न भएको छ। तालिममा विभिन्न अस्पतालका ४० जना नर्सहरूको सहभागिता थियो। सो तालिम युनिभर्सिटी अफ हङकङबाट मान्यता प्राप्त तालिम हो भने क्रिटिकल केयर नर्स यसोसियसन अफ नेपालबाट अनुमोदन गरिएको छ।
नेपाल क्रिटिकल केयर फाउन्डेसनले उक्त तालिम देशका विभिन्न स्थानमा गर्दै आए पनि धनगढीमा भने पहिलोपटक सञ्चालन गरेको जनाएको छ। यो तालिममा आईसीयूमा काम गर्दा चाहिने कुरा सिकाइने बताइएको छ। निसर्ग हस्पिटलका एनेस्थेसियोलाजिस्ट डा हेमन्त ओझाले यो तालिमले नर्सहरूको क्षमता वृद्धि हुने बताए। तालिम धनगढीको होटेल डिभोटीमा सञ्चालन गरिएको थियो।