सुदूर नेपाललाई विश्वसँग जोड्दै

घोडाघोडी नगरपालिकाले पनि पूर्ण सूचना दिएन्

। फोटो स्रोत ।
२०७५ पुष १५, ११:४४ कमल सावद

कैलालीका स्थानीय तहहरु सेवा सुविधामा गरेको खर्चको विवरण लुकाउन थालेका छन्। स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुले सेवा सुविधाका नाममा लाखौ रकम खर्च गरीरहेका बेला कैलालीका स्थानीय तहहरु भने खर्च विवरण लुकाउन लागि रहेका छन्। स्थानीय तहमा लिखित रुपमा सूचना माग गर्दा पनि माग गरेको खर्चको पुर्ण विवरण आउन सकिरहेको छैन्। घोडाघोडी नगरपालिकालाई गत आर्थिक बर्ष र चालु आर्थिक बर्षको सेवा सुविधाको खर्च माग गरीएको मा दुई शिर्षकको मात्र सूचना दिएको छ। 
शुक्रबार बिहान १० बजे नै हामी कैलालीको घोडाघोडी नगरपालिकाको कार्यालय पुगेका थियौ। कार्यालमा १० बजे नै हामी पुगेको समयमा कोही कर्मचारी पुगेका थिएनन्। कार्यालय सहयोगीहरु भने कार्यालयमा पुगेका थिए। कार्यालयमा हामीलाई सूचना अधिकारी चाहिएको थियो। चालु आर्थिक बर्ष र अघिल्लो आर्थिक बर्षको सेवा सुविधामा भएको खर्चको पुर्ण विवरण हामीले माग गर्ने भन्दै धनगढीबाटै योजना बनाएका थियौ। हामीले धनगढीबाटै सूचना मागको निवेदन बोकेर आएका थियौ। सूचना अधिकारीको बारेमा कार्यालयमा रहेका कर्मचारी कसैलाई पनि जानकारी थिएन। निमिक्त कार्यकारी अधिकृत बसन्तबहादुर बोहरा पनि कार्यकक्षमा थिएनन्। लेखा शाखाको ढोका समेत खोलिएको थिएन। लेखा शाखाको ढोका आफै खोलेर लेखा अधिकृत देवराज जोशीलाई फोन गरेउ। यो बेला सम्म बिहानको १० बजेर ३६ मिनेट गएको थियो। लेखा अधिकृत जोशी कार्यालय पुगेका रहेछ तर बाहिर घाम तापेर बसेका रहेछन्। लेखा अधिकृत जोशी कार्यकक्षमा पुगेपछि हामीले सूचना दिन आग्रह गरेका थियौ। उनले लेखा पाललाई आउन दिन भने। लेखा पाल आएपछि पनि उनले पुन निवेदनको माग गरे। निवेदनमा तोक लगाउन निमिक्त प्रमुख प्रशासकिय अधिकृत बोहरालाई खोज्दै गएउ। दिनेश एफ.एमको छाप नभएको भन्दै सुरुमा बोहराले तोक समेत लगाउन मानेनन्। 
सुखड क्षेत्रमा रहेका रेडियोको ल्टर प्याडमा सूचना माग गर्ने भनेपछि परिचय पत्र साथमा राखेर तोक लगाउन बोहरा सहमत भए। निवेदनको साथमा हामीले परिचय पत्रको फोटो कपि समेत राख्यौ। त्यसपछि मात्र बोहराले तोक लगाए।

शुक्रबार नै खर्चको विवरण दिन बताएको लेखा शाखाले सूचना त दियो तर अपूर्ण। सूचना शाखाले उपलब्ध गराएको विवरणमा माग गरेको पूर्ण सूचना थिएन्। हामीले जनप्रतिनिधिको पारिश्रमिक, पोशाक, महंगी भत्ता, पानी तथा विजुली खर्च, संचार महसुल, सवारी साधन मर्मत खर्च, विमा तथा नविकरण खर्च, पुस्तक तथा समाग्री, ईन्धन खर्च, अनुगमना मुल्याङकन खर्च, भ्रमण खर्च, विविध खर्च र घर भाडाको पूर्ण सूचना माग गरेका थियौ।  नगरपालिकाले भने, संचार र पारिश्रमिक खर्च मात्र उपलब्ध गराएको छ। यो सूचनामा उल्लेख भएअनुसार नगरपालिकाले गत आर्थिक बर्षमा ७८ लाख ३६ हजार पारिश्रमिक  जनप्रतिनिधिले लिएका छन्। गत आर्थिक बर्षमा मात्र दुई शिर्षकमा मात्र नगरपालिकाको ७९ लाख ७४ हजार खर्च भएको छ। घोडाघोडी नगरपालिकामा ६४ जना जनप्रतिनिधि रहेका छन्। 

गत आर्थिक बर्षमा झण्डै ८० लाखको संचार र पारिश्रमीक सुविधा लिएका जनप्रतिनिधिले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा मात्र  साढे ३३ लाख सेवा सुविधा बाफतको लिएका छन्। गत आर्थिक बर्ष र चालु आर्थिक बर्षको पहिलो चौमासिकको संचार र पारिश्रमीकमा मात्र नगरपालिकाले एक  करौड १२ लाख ९६ हजार ५ सय खर्च खरेको छ।

कैलालीको घोडाघोडी नगरपालिकाका जनप्रतिनिधिले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा मात्र ३३ लाख २२ हजार ५ सय सेवा सुविधाका नाममा खर्चेका हुन्। उनिहरुले संचार सुविधा, पारिश्रमिक बाफतको यो रकम बुझेका हुन्। 
नगरपालिकाले गत आर्थिक बर्षमा १० लाखको ईन्धनमा मात्र खर्चेको छ। गाँउपालिकाले ३ लाख ५० हजार अनुगमन शिर्षकमा खर्चेको छ। चालु आर्थिक बर्षको पहिलो चौमासीकको सूचना भने नगरपालिकाले दिन मानेन्। सूचना अधिकारी बिहिन नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृतको भरमा कार्यालय सञ्चालन भईरहेको छ। 


यो सुविधामा ईन्धन खर्च र दैनिक भ्रमण जोडिएको छैन्। अन्य खर्चको बारेमा नगरपालिकाले सूचना दिन मानेन्। निमिक्त प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराले सूचना माग गर्न दर्ता भएको निवेदनमा तोक त लगाए।  तर सूचना अधुरो दिएको बिषयमा प्रश्न गर्दा बोल्न मानेनन््। यो बिषयमा पुन निमिक्त प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहरालाई बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्। बोहराको कोठमा हामी एक घण्टा बढि  बसेका थियौ। हामीसंगै सेवाग्राही पनि थिए। यो बिषयमा फोनबाटै जानकारी लिन फोन गर्दा पनि उनकाे फोन उठेन्। 

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस