सुदूर नेपाललाई विश्वसँग जोड्दै

यी देशमा फैलिसकेको छ ओमिक्रोन

२०७८ मंसिर १५, ०४:३६ खबर संवाददाता

काठमाडौं: पहिलोपटक दक्षिण अफ्रिकामा देखिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ कम्तीमा २२ देशमा फेलापरेको जनाइएको छ। तर हालसम्म यसबाट  कसैको  मृत्यु भएकोको खबर आएको छैन। 
यी देशमा फेला परेको छ ओमिक्रोन:
एसियाली देशहरू- हङकङ, जापान, दक्षिण कोरिया, इजरायल र साउदी अरेबिया 
अफ्रिकी देशहरू- दक्षिण अफ्रिका र बोत्स्वाना 
युरोपेली देशहरू- अष्ट्रिया, बेल्जियम, चेक रिपब्लिक, डेनमार्क, जर्मनी, इटली, नेदरल्यान्ड्स, पोर्चुगल, स्वीट्जरल्यान्ड, स्पेन र बेलायत 
उत्तर अमेरिकी देश- क्यानडा 
दक्षिण अमेरिकी देश- ब्राजिल 
अष्ट्रेलियाली देश- अष्ट्रेलिया 

कमेन्ट लोड गर्नुस