ओमिक्रोनको त्रास : विदेश भम्रणमा नजान स्वास्थ्य मन्त्रालयको अनुरोध
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्ट विदेशमा तीव्र गतिमा फैलिरहेकोले अत्यावश्यक काम नपरी विदेश नजान अपिल गरेको छ।
बुधबार मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै नेपालमा भने यो भेरियन्ट देखिनसकेको र अत्यावश्यक नपरी विदेश नजान अनुरोध गरेको हो। विज्ञप्तिमा भनिएको छ,'कोभिड १९ को ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न हुन तथा सावधानी अपनाउनुहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अपिल गर्दछु।'