सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका लागि छुटेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु

२०७८ मंसिर १४, ०४:०७ खबर संवाददाता

अछाम: धनगढीका लागि छुटेको बस अछाममा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। सदरमुकाम मंगलसैनबाट धनगढीका लागि छुटेको ना६ख ८२९ नम्बरको बस कैलाश खोला नजिकै दुर्घटना हुँदा २ जनाको ज्यान गएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।

दुर्घटनामा १० जना घाइते भएका छन्। उनीहरुमध्ये ६ जनालाई जिल्ला अस्पताल मंगलसैन र ४ जनालाई बयलबाटा अस्पताल लगिएको प्रहरीले बताएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

कमेन्ट लोड गर्नुस