कञ्चनपुरको पुर्नरवास नगरपालिकाका जनप्रतिनिधि विकास निर्माण भन्दा पनि सेवा सुविधा थप्नमै व्यस्त (भिडियो रिर्पोट)
कञ्चनपुरको पुर्नवास नगरपालिका पनि विकास निर्माण भन्दा पनि सेवा सुविधा थप्नमै व्यस्त देखिएको छ । पुर्नरवास नगरपालिकाले ७० प्रतिशत विकास वजेट खर्च गर्न नसकेका बेला चालु तर्फको बजेट भने ७५ प्रतिशत भन्दा वढी खर्च भईरहेको छ । चालु तर्फ तलव भत्ता सहित ईन्धन, सञ्चार, कार्यालय सञ्चालन, भ्रमण र अन्य सेवा सुविधाको शिर्षकमा अनुमान भन्दा बढि खर्च गरिएको छ । जनप्रतिनिधिहरु आईसकेपछि विकस निर्माणले गति पाउला भन्ने आशाा गरिएकोमा उनीहरु पनि आफ्नै सेवा सुविधा थप्नमा लागेका हुन् ।
कञ्चनपुरको पुर्नरवास नगरपालिकाले पनि अन्य स्थानीय तहको सिको गर्दै नगरको विकास निर्माण भन्दा जनप्रतिनिधि र कर्मचारीको सेवा सुविधा थप्नमा ध्यान केन्द्रित बनाएको हो । ५० करोड बजेट रहेको पुर्नरवास नगरपालिकाले अहिले सम्म कोष तथा लेखा नियन्त्रण कार्यालयबाट २५ करोड खर्चको अख्तियारी मागेको छ । जस्मा १० करोड सेवा सुविधाका लागि खर्च भएको छ भने ५ करोडको मात्रै विकास निर्माण भएको छ ।
पुर्नरवास नगरपालिकाले १९ लाख भत्ता, ७ लाख २५ हजार इन्धन, ४० लाख सेवा शुल्क, १८ लाख कार्यालय सञ्चालन, ४ लाख ३१ हजार सञ्चार, ७ लाख ६२ हजार भ्रमणका लाखि खर्च गरेको छ । अन्य सेवा सुविधाकै नाममा विविध शिर्षकमा पनि ठुलो रकम खर्च गरिएके छ । तर आर्थिक बर्षको तिन महिना मात्रै बाँकी रहेका बेला विकास निर्माणका लागि विनीयोजित बजेटको पनि ७० प्रतिशत रकम खातामै आखिर किन थन्किएको छ । पुर्नरवास नगरपालिकाका ईन्जिनियर मुरलीधर जोशीले भने भौतिक निर्माण जारी रहेकाले वित्तीय प्रगतित कम देखीएको बताए।
कञ्चनपुर भन्दा पनि कैलालीसंग नजिक रहेको पुर्नरवास नगरपालिका क्षेत्रमा विकास निर्माणको बजेट खर्च नहुँदा नगरवासीले समस्या भोग्दै आएका छन् । नगरपालिकाको बजार क्षेत्र बाहेक अन्य क्षेत्रका सडकले कालोपत्रे त परै जावस ग्राभेल पनि पाएको छैन् । तर तिनै सडक र अन्य जनमुखी काम गर्ने बाचा गर्दै विजयी भएका जनप्रतिनिधिहरुले भने आधिकारीक रुपमा तलव नखाएपनि विभिन्न सेवा सुविधाको नाममा ठुलै रकम खर्च गरेका छन् ।
पुर्नरवास नगरपालिकाका मेयर जीवन थापाले भने जनप्रतिनिधिको सेवा सुविधा बारे प्रदेश सरकारको निर्णयलाई पर्खेर बसेको बताए । जनप्रतिनिधि आएपछि ठुलै परिवर्तन होला र विकास निर्माणले पनिगति पाउला भन्ने विश्वासमाथि पहिलो बर्षमै घात भईरहेको छ । त्यसैले आर्थिक बर्षको बाँकी तीन महिना पनि जनप्रतिनिधिहरुले जनमुखी काम गरेर देखाउन आवश्यक छ ।