सुदूर नेपाललाई विश्वसँग जोड्दै

के सिए पढ्दा एउटा विषय लागेपछि सबै विषयको परीक्षा फेरि दिनुपर्छ ?

२०७८ मंसिर १३, ०४:१२ खबर संवाददाता

धनगढी: धनगढीका अजय न्यौपानेले भारतबाट चार्टर्ड एकाउन्ट(सिए) को कोर्ष पास गरेको ५ वर्ष भयो। उनी अहिले धनगढीमा सीएका केही तहहरु भए पनि अध्यापन गराउन सकिन्छ की भनेर लागिपरेका छन्। अहिले अप्लिफ्ट एजुकेसन नामक इन्स्टिच्युटसँग रहेका उनको अप्लिफ्टमा जोडिदाको यात्रा पनि रोचक छ। 

उनी बाहिर अर्थात विदेश जाने तयारीमा थिए। त्यहीँ क्रममा उनका एकजना दाईले धनगढीमा इन्स्टिच्युट सञ्चालन गरिरहेका थिए। विदेशको प्रक्रिया सुरु भएपछि पनि उनको बिचमा ६ महिना जति समय खाली रहने भयो। त्यहीँ क्रममा उनका दाइले उनलाई केही समय बीबीएसमा ट्युसन गरिदिन अनुरोध गरे। उनले पनि उनका दाईको प्रस्ताव माने र ट्युसन पढाउन थाले। 

यहीँ प्रसंगमा उनी भन्छन् ‘धनगढी नै आएको बेला दाइले त्यो प्रस्ताव राख्नु भएको हो। प्रस्ताव आएपछि मास्टर्स र ब्याचुलरका केही कक्षा लिएको थिए।’ उनले यसमै थपे, ‘कक्षा लिएपछि विद्यार्थीहरुले मन पराउनुभयो। र, सँगै मेरो विदेश जाने प्रायोजना पनि रद्द भयो।’ यहीँ प्रयोजना रद्द हुनुले नै अप्लिफ्ट एजुकेसन सँगै जोडिएरको र सिएको कोर्ष धनगढीमै हुनुपर्छ भन्ने सोचमा पुगेको उनको भनाइ छ।

 सन् २०१८ को अन्त्यबाट अजयले धनगढीमा सिएको अध्यापन सुरु गरेका थिए। सुरुवातमा उनीसँग मात्रा एकजना विद्यार्थी थिए। २०१९ मा विद्यार्थी संख्या ५ जना पु्याएका उनी पनि कोरोना महामारीको चपेटामा परे। उनले सोचे जस्तो गरी मार्केटिङ गर्न सकेनन्। सुरुका दिनहरुमा कोर्षका ५ वटा विषय आफै नै अध्यापन गराउथे तर पछिल्लो समय भने उनले टिम बनाइसकेका छन्। ‘यताबाट पढेका विद्यार्थीले राम्रो नतिजा ल्याइरहेकोले अहिले ७ जना विद्यार्थी पुगेका छन्’ उनले भने ‘कम भए पनि शतप्रतिशत ग्रोथमा छाैँ।’ 

सिएमा विशेषतया तिन वटा लेबल हुन्छन्। ‘क्याप वान’, ‘क्याप टु’ र ‘क्याप थ्री’। क्याप वान ६ महिनाको हुन्छ, क्याप टु ९ महिनाको हुन्छ र क्याप थ्रीको लागि भने क्याप टुपछि तीन महिना व्यावसायिक फर्ममा काम गर्नुपर्ने हुन्छ। 
अहिले उनीहरुको टिमले क्याप टु सम्मको पढाई धनगढीबाट नै गराइरहेका छ्न्। यहीँ प्रसंगमा अजय भन्छन् ‘हाम्रो अबको उदेश्य क्याप थ्री पनि धनगढीमा नै अध्यापन गराउने हो।’

सिएको क्षेत्र जति बृहत् छ त्यति अहिले नेपालमा या विश्व जगतमै सिए नरहेको र  विद्यार्थीले  अध्ययन गर्न खोज्दा भ्रमको सिकार हुनुपरेको उनको बुझाइ छ। उनी भन्छन् ‘सिए हार्ड छ भन्ने भ्रम छ। सिए कहिल्यै पनि हार्ड थिएन भास्ट जरुर छ। सिएमा कोर्स, कन्टेन्ट बढी नै हुन्छ तर गाह्रो भने हुदैन।’ 

अर्को भ्रमको बारेमा अजय थप्छन् ‘दैनिक १७/१८ घण्टा पढ्नुपर्छ भन्छन्। खोइ मैले त न कहिले त्यति पढे र न यति पढ्नुपर्छ भन्ने अनुभव गरे। पक्कै पनि नियमित दिनको ७/८ घण्टा पढ्न सकियो भने आरामले पार लगाउन सकिन्छ।’ 

तेस्रो भ्रमको रुपमा भने उनले एउटा विषय लागेपछि अरु पनि सबै विषयको परीक्षा दिनुपर्छ भन्ने विषयबस्तु उठाउन खोजे। उनले भने, ‘यो केही हदसम्म सत्य पनि हो र केही भ्रम पनि। भ्रम यो अर्थमा कि यसको पुरै जानकारी सबैमा छैन। क्याप वान पास गरेर क्याप टुमा गएपछि क्याप टुमा दुइटा ग्रुप छ ‘ए र बी’। यदि ‘ए’ पास गरेर ‘बी’ मा गएपछि मानौं विषय लाग्यो भने ‘ए’ को परीक्षा दोस्रो चोटी दिनुपर्दैन। ‘बी’ ग्रुपका विषयको मात्रै दिनुपर्छ। त्यस्तै यदि कुनै विषयमा साठी नम्बर भन्दा बढी आयो भने त्यो विषयको फेरि परीक्षा दिनु त परेन। अरु विषय लागेपनि।’ 

(कार्यक्रम प्रभात विमर्शको नियमित श्रृंखलामा, सीए अजय न्यौपानेसँग दिनेश खबरकर्मी पदमराज जोशीले गरेको कुराकानीमा आधारित।)

कमेन्ट लोड गर्नुस