सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बारे छलफल गर्न सीसीएमसीसीको बैठक बस्दै

२०७८ मंसिर १२, ११:३३ खबर संवाददाता

काठमाडौं : सरकारले कोरोनाभाइरस (कोभिड­– १९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नेपाल भित्रिन नदिन उच्च सतर्कता अपनाउने तयारी गरेको छ। दक्षिण अफ्रिकामा देखिएको कोरोना नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को रोकथाम लागि पूर्वतयारी गर्न बिहान ११ बजे अर्थात् अहिले केहिबेरमा कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समितिको बैठक बस्न लागेको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो भाइरस संक्रमण फैलिएको पुष्टि भएका मुलुकबाट आउनेहरुका लागि एकसातासम्म अनिवार्य क्वारेण्टाइन बस्नुपर्ने व्यवस्था लागू गर्ने विषयमा छलफल गरेको छ। दक्षिण अफ्रिकासहित युरोपका बेल्जियम र जर्मनी लगायत मुलुकहरुमा समेत यो संक्रमण भित्रिएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरिसकेको छ।

कमेन्ट लोड गर्नुस