सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’

२०७८ मंसिर ११, ११:४० खबर संवाददाता

एजेन्सी: विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ)ले कोरोना भाइरसको नयाँ भेरियन्टलाई ‘अमिक्रोन’ नाम दिएको छ। डब्ल्युएचओले चेतावनी दिँदै अम्रिकोन भेरियन्ट तीव्र गतिमा र धेरै संख्यामा म्युटेन्ट हुनेवाला भेरियन्ट भएको बताएको छ।
नयाँ भेरियन्ट दक्षिण अफ्रिकाका २४ नोभेम्बरमा भेटिएको थियो। अमिक्रोन भेरियन्ट भेटिएसँगै विश्वका धेरै देशले दक्षिण अफ्रिकामा आवातजावत गर्न प्रतिबन्ध लगाएका छन्।  बेलायत, अमेरिका, भारत लगायतका देशहरूले प्रतिबन्ध लगाइसकेका छन्।

शुक्रबार डब्ल्युएचओले दक्षिण अफ्रिकाका सबै प्रान्तमा यस भेरियन्टका केस बढिरहेको बताएको छ। भेरियन्टलाई लिएर डब्ल्युएचओले चिन्ता पनि व्यक्त गरेको छ। नयाँ भेरियन्टको प्रभाव बुझ्न केही समय लाग्ने बताइएको छ। 

कमेन्ट लोड गर्नुस