गण्डकीमा ३३ जना कोरोना सङ्क्रमण मुक्त
गण्डकीः गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३३ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। यस अवधिमा दुई जनाको मृत्यु भएको छ भने १० जना सङ्क्रमित थपिएका छन्।
स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार मृत्यु हुनेमा पोखरा महानगरपालिका–२९ का ८६ वर्षीय महिला र पोखराकै वडा नम्बर ३० का ५१ वर्षीय पुरुष छन्।
यीसँगै प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक जार ४१५ पुगेको छ। प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या १७५ जना छन् भने होम आइसोलेशनमा १४९ जना रहेको निर्देशनालयले जनाएको छ।