सुदूर नेपाललाई विश्वसँग जोड्दै

गण्डकीमा एक हप्तामा २६५ जना सङ्क्रमणमुक्त

२०७८ मंसिर ५, १०:३४ रासस

गण्डकी: गण्डकी प्रदेशमा पछिल्लो एक हप्तामा २६५ जना सङ्क्रमणमुक्त भएका छन् भने छजनाको मृत्यु भएको छ। एक हप्ताको अवधिमा १४१ जना सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। प्रदेशमा पछिल्लो २४ घण्टामा ३२ जना सङ्क्रमणमुक्त भएको र ३१ जना सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र, गण्डकीका संयोजक नवराज शर्माले जानकारी दिए। 

उनका अनुसार थपिनेमा कास्कीका ३०, तनहुँ र बाग्लुङका तीन÷तीन, स्याङ्जाका दुई, मुस्ताङ, पर्वत र गोरखाका एक÷एकजना रहेको छ। 

कमेन्ट लोड गर्नुस