डोटी काँग्रेसको उपसभापतिमा रावतको उम्मेदवारी
२०७८ मंसिर ४, ०५:२१
डोटी : नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत डोटीको उपसभापतिमा पदम रावतले उम्मेदवारी दिएका छन्। २०६७ साल देखि २०७२ सम्म जिल्ला कार्य समिति सचिवको भूमिका निर्वाह गरेका उनले यसपटक उपसभापतिमा दाबी गरेका छन्।
केआई सिंह गाउँपालिका–१ घर भएका उनी २०५४ साल देखि राजनीतिमा सक्रिय छन्। उनी २०५८ सालमा डोटी बहुमुखी क्याम्पसको नेवि संघ सभापति रहेका थिए। यस्तै २०६४ देखि रावत जिल्ला कार्य समितिमा रहेका छन्।
कमेन्ट लोड गर्नुस