सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्यमा सामान्य वृद्धीः चाँदीको स्थिर

२०७८ मंसिर २, ०१:३६ रासस

काठमाडौँ: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २०० ले बढेर ९४ हजार ५०० कायम भएको छ। पहेँलो धातु बुधबार प्रतितोला ९४ हजार ३०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९४ हजार तोकिएको छ। बुधबार प्रतितोला ९३ हजार ८०० मा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबारमूल्यका तुलना स्थिर रहेको महासङ्घले जनाएको छ।

बुधबार चाँदी प्रतितोला एक हजार २८० मा कारोबार भएको थियो। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

कमेन्ट लोड गर्नुस