प्रदेश नं १ मा ५३ जनामा कोरोना सङ्क्रमण
विराटनगर: पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ५३ जनामा कोरोना सङ्क्रमण भएको छ। यस अवधिमा ३९९ जनाको पीसीआर परीक्षण गर्दा ५० र १०० जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २४, मोरङमा १६, सुनसरीमा छ, पाँचथरमा दुई, उदयपुर र इलाममा एक÷एक जनामा सङ्क्रमण देखिएको हो। प्रदेशमा आजै ११ महिलासहित २५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्।