सुदूर नेपाललाई विश्वसँग जोड्दै

गण्डकीमा २३ जना कोरोना सङ्क्रमणमुक्त

२०७८ कार्तिक ३०, ०८:४४ रासस

गण्डकी: गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २३ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। यस अवधिमा २७ जना सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र गण्डकीका संयोजक नवराज शर्माले जानकारी दिए।

थपिनेमा कास्कीका १३, नवलपरासी बर्दाघाट सुस्तापूर्वका ६, बागलुङका चार, म्याग्दीका दुई तथा लमजुङ र तनहुँका एक÷एक जना छन्। प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३३१ रहेको छ। हाल होम आइसोलेसनमा २९६ जना रहेका  निर्देशनालयले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस