सुदूर नेपाललाई विश्वसँग जोड्दै

अध्यक्षले अनियमितता गरेको उपाध्यक्ष सहित जनप्रतिनिधिको आरोप

२०७५ पुष १०, ०७:१६ कमल सावद

स्थानीय तहहरुमा मिलिजुली खाने प्रचलन बढेका बेला कैलालीको मोहन्याल गाउँपालिकामा भने अध्यक्षले आर्थिक अनियमितता गरेको आरोप उपाध्यक्ष र कार्यापालीका सदस्यहरुले नै लगाएका छन्। उपाध्यक्षले प्रमुखसंग मिलेर कर्मचारीहरुले गत आर्थिक बर्षको खर्चको सूचना नदिएको गुनासो गरेका छन्। आर्थिक बर्ष २०७४-०७५ मा विनियोजन भएको गाउँपालिकाको झण्डै २९ करोड बजेटको खर्चको सूचना नदिईएको हो। 

मोहन्याल गाउँपालिकाकी उप प्रमुख पुजादेवि बुढामगर कर्मचारीले नै योजनामा भएको खर्चको विवरण नदिएको भन्दै मिडियामा पुगेकी हुन्। आर्थिक बर्ष २०७४-०७५ सकिएको ६ महिना भएको छ। तर गाउँपालिकाका कर्मचारीले धनगढीको कार्यालयबाटै लेखा परिक्षण गरेका छन्। अनुगमन तथा योजना तर्जुमा समितिकी संयोजक समेत रहेकी उपाध्यक्षलाई यो बिषयमा जानकारी समेत छैन्। गाउँपालिकाले सार्वजनिक सुनुवाई समेत नगरेको, कार्यपालिकाको निर्णय बिना रकमान्तर गरेको, योजनाका फर्जी बिल पेश गरेको आधारमा रकम भुक्तानि दिएको, गाउँपालिकाको बैठकमा उपाध्यक्षलाई समेत सूचना नदिएको आरोप उपाध्यक्ष पुजादेवि बुढामगरको छ। गाउँपालिकाका कर्मचारीहरुसंग मिल्दै अध्यक्ष नवलसिंह रावल, वडा अध्यक्षहरु मिलेर फर्जी बिल बनाएको आरोप उनको छ। धगढीबाट कार्यालय सञ्चालन गर्दै आएका उनीहरुले मजदुरलाई समेत ज्याला नदिएको बुझिएको छ। गाउँपालिकामा स्वयम सेविकाको फोन  लागि दिएको ६० हजारमा पनि आर्थिक अनिमित भएको आरोप छ। गाँउपालिकाका विभिन्न योजनाहरुको खर्चको विवरण सार्वजनिक नहुनेले धेरै आशंका उत्पन्न भएका छन्। गाउँपालिकाको अनुमगन तथा मुल्याङ्कनका लागि २० लाख बजेट कायम भएको छ। तर अनुगमनमा एक रुपैया समेत खर्च नभएको अनुगमना समितिले बताएको छ। उपाध्यक्षलाई सूचना नदिएका कार्यकारी अधिकृत गणेशदत्त ओझाले १२ गते सम्म खर्चको विवरण दिने दिनेश खबरलाई बताए। यो बिषयमा गाउँपालिकाका अध्यक्ष नवल सिंह रावल अन्यौलमा देखिएका छन्। गाउँपालिकाको बजेटमा आर्थिक अनिमिता भएको उनले पनि सुनेका छन्। मोहन्याल गाउँपालिकाका अध्यक्ष रावल र उपाध्यक्ष बुढामगर नेकपा एमालेबाटे विजयी भएका हुन्। 
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस