अछाममा नेकपाद्वारा चक्काजाम
अछाम: नेपाल कम्युनिस्ट पार्टी अछामले खाद्य पदार्थ र पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि विरुद्ध एक घण्टे सडक चक्काजाम गरेको छ। मूल्य वृद्धिका कारण नागरिकको जीवन शैली असहज भएको भन्दै नेकपाले चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम घोषणा गर्दै सङ्घर्ष गरिरहेको छ। सोही अनुरूप आइतबार चक्काजाम कार्यक्रम गरिएको हो।
दलाल सरकार जनता र राष्ट्रप्रति उत्तरदायी नभएको हुँदा जनताले दुःख पाएको नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति अछामका सचिवालय सदस्य निरक शाहीले बताए। उनले सरकारले गरेको एकलौटी निर्णय फिर्ता नभएसम्म आन्दोलन जारीराख्ने बताएका छन्।