सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा क्रियाशील विवाद समाधान गरी पुनः वडा अधिवेशन गर्न माग

२०७८ कार्तिक २७, ०२:३९ खबर संवाददाता

धनगढीः क्रियाशील सदस्यता विवाद समाधान गरी जिल्लामा पुनः वडा अधिवेशन सुरु गर्न डडेल्धुराका जिल्ला सभापति कर्ण बहादुर मल्लले आग्रह गरेका छन्। उनले एक विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यता विवाद समाधान गरी पुनः वडा अधिवेशन गर्न आग्रह गरेका हुन्। 

राज्य शक्ति र सत्ताको दुरुपयोग गर्दै स्वयं केन्द्रीय सभापति शेरबहादुर देउवाको हस्तक्षेपमा अधिवेशन भएको भन्दै आफूहरुका लागि मान्य नहुने विज्ञप्तिमा उल्लेख छ। आफूहरुको माग संबोधन नभएको भन्दै केन्द्रीय समिति बैठकमार्फत सुनुवाई गर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ। माग संबोधन नभए अनसनको कार्यक्रम अगाडि बढाउने चेतावनी दिइएको छ। 
 

कमेन्ट लोड गर्नुस