गण्डकीमा ४३ सङ्क्रमित थपिए
गण्डकी: गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७६ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन्। यस अवधिमा थप ४३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालिन कार्यसञ्चालन केन्द्र, गण्डकीका संयोजक नवराज शर्माले जानकारी दिए।
उनका अनुसार थपिनेमा कास्कीका २४, तनहुँका छ, स्याङ्जाका पाँच, बाग्लुङका तीन, म्याग्दी र नवलपरासी बर्दाघाट सुस्ता पूर्वका दुईरदुई, र पर्वतका एक जना रहेका छन्। प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३७२ रहेको छ भने होम आइसोलेशनमा रहनेको सङ्ख्या ३११ जना रहेको निर्देशनालयले जनाएको छ।