सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

२०७८ कार्तिक २५, ०८:०७ रासस

काठमाडौँ: देशभर पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १२ हजार ६५३ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।यससँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख १६ हजार ६० पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९४ हजार ९९५ छ। आज २७९ जना निको भएका छन्। यससँगै निको हुनेको सङ्ख्या सात लाख ९७ हजार ५९ पुगेको छ । निको हुने दर ९७।७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

छ को मृत्यु 

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४९६ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप छ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। अहिले यस रोगबाट हुने मृत्युदर १।४ प्रतिशत छ। त्यसैगरी पछिल्लो समय चार हजार ५१६ ले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ५३५ रहेको छ। होम आइसोलेसनमा सात  हजार १०, संस्थागत आइसोलेसनमा ५२५, आइसीयुमा १८८ र भेन्टिलेटरमा ५४ जनाले उपचार गराइरहेका छन्। 
 

कमेन्ट लोड गर्नुस