सुदूर नेपाललाई विश्वसँग जोड्दै

शनिबार थप १३९ जनामा कोरोना संक्रमण, ३९६ जना निको

२०७८ कार्तिक २१, ०७:१५ खबर संवाददाता

काठमाडौंः शनिबार देशभर १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। २ हजार १३४ नमुनाको पीसीआर परीक्षणमा १२८ र १ हजार ७९८ नमुनाको एन्टिजेन परीक्षण गर्दा ११ गरी १३९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ भने ३९६ जना निको भएका छन्।

शनिबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ९ हजार २३२ पुगेको छ। जसमध्ये ११ हजार ४३९ जनाको मृत्यु भएको छ भने ७ लाख ९४ हजार ८३४ जना संक्रमणमसक्त भएका छन्।

मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये ७ हजार ५२४ जना होम आइसोलेसनमा रहेका छन्। यस्तै ६२० जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये १९६ जनाको आईसीयू र ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस