थपिए १८३ कोरोना सङ्क्रमित
काठमाडौँ: पछिल्लो २४ घण्टामा थप १८३ जनामा कोभिड–१९ का सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ३०७ जनाको पीसीआर परीक्षण गर्दा १७४ जना र दुई हजार ५३७ जनाको एन्टिजेन परीक्षणमा नौ जना गरी जम्मा १८३ जनामा सङ्क्रमण पुष्टि भएको हो। योसँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या नौ लाख चार हजार ८०४ पुगेको छ।
थप ६५९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। हालसम्म सात लाख ९४ हजार ४३८ जना सङ्क्रमणमुक्त भएका हुन्। कारोना निको भएको दर ९७ दशमलव छ प्रतिशत रहेको छ। यस्तै पछिल्लो २४ घण्टामा दुई सङ्क्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ४३८ पुगेको छ।
हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार ४१३ रहेका छन्। जसमध्ये सात हजार ७६३ होम आइसोलेशनमा रहेका छन् भने ६५० संस्थागत आइसोलेशनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये २०० जना आईसीयू र ५५ जना भेन्टिलेटरमा उपचाररत छन्।