भाइटीकामा डिजिटल दक्षिणा दिँदा १० प्रतिशतसम्म क्यासब्याक पाइने !
काठमाडौंः यसपालिको तिहारमा डिजिटल दक्षिणा दिँदा १० प्रतिशत क्याशब्याक पाइने भएको छ। एनएमबी बैंकले आफ्नो मोबाइल बैंकिङ एप ईएनएमबी मार्फत भाइटीको दक्षिणामा क्यासब्याक उपलब्ध गराउने भएको हो।
नोटको प्रयोग कम गर्दै डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्न यस किसिमको अफर ल्याइएको बैंकले जनाएको छ। बैंकका अनुसार ईएनएमबी मोबाइल बैंकिङबाट डिजिटल दक्षिणा दिँदा तत्कालै १० प्रतिशत (अधिकतम् १०० रुपैयाँसम्म) क्यासब्याक पाइनेछ।
यसको अर्थ दक्षिणामा ५०० रुपैयाँ दिँदा ५० रुपैयाँ तथा १००० रुपैयाँभन्दा माथिको दक्षिणामा १०० रुपैयाँ क्यासब्याक पाइनेछ। सीमित अवधिका लागि ल्याइएको यो अफर ईएनएमबी एपको फन्ड ट्रान्सफरमा लागु हुनेछ। यसको अर्थ क्यासब्याक पाउनका लागि फन्ड ट्रान्सफरमार्फत डिजिटल दक्षिणा आदानप्रदान गर्नुपर्नेछ।