सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश नं १ मा ५४ जनामा कोरोना सङ्क्रमण

२०७८ कार्तिक १८, १०:३४ रासस

विराटनगर: गएको २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ५४ जनामा कोरोना सङ्क्रमण भएको छ। सो सङ्क्रमण २३० जनाको पीसीआर परीक्षण गर्दा ५३ र ३९ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। पीसीआर परीक्षणका आधारमा झापामा २४, मोरङमा १६, सुनसरीमा १०, इलाममा एक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको हो। 
     
पालिका अनुसार झापाको दमकमा छ, विर्तामोडमा पाँच, भद्रपुर, कनकाई, शिवसताक्षी र बुद्धशान्तिमा दुई, गौरादह, अर्जुनधारा, बाह्रदशी र कमल र झापा गाउँपालिकामा एक÷एक, मोरङको विराटनगरमा १२, उर्लाबारीमा दुई, बूढीगङ्गा र सुन्दरहरैचामा एक÷एक, सुनसरीको इटहरीमा पाँच, इनरुवामा तीन, रामधुनी र धरानमा एक÷एक, इलामको चुलाचुलीमा एक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ। 
    
प्रदेशमा आजै ३३ महिलासहित ६७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने एक जना महिलाको  मृत्यु भएको छ। 

कमेन्ट लोड गर्नुस