सुदूर नेपाललाई विश्वसँग जोड्दै

अवरुद्ध विद्युत् सेवा सञ्चालन

। फोटो स्रोत ।
२०७५ पुष ७, ०२:२०

गत मङ्सिर २५ गतेबाट अवरुद्ध त्रिवेणी साना जलविद्युत् सेवा शुक्रबार रातिबाट सञ्चालन भएको छ। २०० किलोवाट क्षमताको मेसिनको बेरिङमा आएको खराबीका कारण विद्युत् सेवा अवरुद्ध भएको थियो। 
करीब तीन दशकअघि विसं २०४६ मा निर्माण भएको साना जलविद्युत्को मेसिन पुरानो र जीर्ण भएका कारण बारम्बार समस्या आउने गरेको व्यवस्थापक दयाराम पण्डितले जानकारी दिए। 
हाल त्रिवेणी साना जलविद्युत् केन्द्रले १८०० बढी सेवाग्राहीको घरमा विद्युत् सेवा प्रवाह गरेको छ । नेपाल विद्युत् प्राधिकरणको नाममा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्र विगत १० वर्षदेखि त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गर्दै आएको छ। रासस

कमेन्ट लोड गर्नुस