सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुरीतिविरुद्ध धामीझाँक्री र पुरोहितलाई अभियानकर्मी बनाइने

। फोटो स्रोत ।
२०७५ पुष ६, १०:१३

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेशभर कुरीतिविरुद्ध स्थानीय धामीझाँक्री र पुरोहितलाई अभियानकर्मीका रुपमा अगाडि बढाउने भएको छ। 
सूदूरपश्चिम प्रदेशमा वर्षौँदेखि जारो गाडेर रहेको कुप्रथा तथा कुसंस्कार हटाउन उक्त मन्त्रालयले नौ वटै जिल्लामा पुगेर स्थानीय धामीझाँक्री  र अन्तरक्रिया थालनी गरेको हो। लैङ्गिक हिंसाको वर्तमान अवस्था र न्यूनीकरणका लागि  विद्यमान कानूनी प्रक्रियानबारे जानकारी गराउने र अहिलेसम्म चलिआएका अन्धविश्वास, कुप्रथा, गलत परम्परा पहिचान गरी भावी कार्यदिशाका लागि सुझाव सङ्कलन गर्ने उद्देश्यले धामीझाँक्री र  पुरोहितको सहभागितामा अन्तरक्रिया गरिएको उक्त मन्त्रालयले जनाएको छ।
हरेक जिल्लाका धामी, झाँक्री, पुरोहितलाई लैङ्गिक हिंसा, छाउपडीलगायतका विसङ्गति र कुरीतिविरुद्ध राष्ट्रिय नीतिका बारेमा जानकारी गराइ उनीहरूलाई नै अभियानकर्मीका रुपमा अगाडि बढाइने उक्त मन्त्रालयका महिला विकास अधिकृत कमला शाहीले जानकारी दिए।
 सदरमुकाम खलङ्गामा  शुरु भएको अन्तरक्रियामा जिल्ला नौवटै गाउँपालिका, नगरपालिकाका धामीझाँक्री र  पुरोहित सहभागी थिए।  सामाजिक विकासमन्त्री कृष्णप्रसाद सुवेदीले कार्यक्रम शुभारम्भ गर्दै बिरामीलाई झारफुकमै अलमल्याउनुभन्दा पनि अस्पताल पठाउन प्रेरित गर्नका लागि धामीझाँक्रीको भूमिका महत्वपूर्ण हुने बताए। 

भाषण र आसन ग्रहणमा भन्दा काम गर्नुपर्नेमा जोड 

सामाजिक विकासमन्त्री सुवेदीले जनप्रतिनिधि र कर्मचारी सबैले भाषण र आसन ग्रहणमा  समय बिताउनेभन्दा पनि काम गरेर देखाउनुपर्ने बेला आएको बताएका छन्। सुदूरपश्चिम प्रदेशका स्वस्थ्य कार्यालयको निरीक्षण भ्रमणका क्रममा उहाँले सो कुरा बताएको हो। दार्चुला जिल्ला अस्पताल निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री सुवेदीले जनप्रतिनिधि र कर्मचारीले अब या वा त्यो बहानमा उम्किने ठाउँ नभएको पनि स्पष्ट पारे। रासस
 

कमेन्ट लोड गर्नुस