नेपालगञ्ज भन्सार कार्यालयमा राजस्व सङ्कलनमा वृद्धि
बाँके: बाँकेको नेपालगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको तीन महिनामै रु पाँच अर्ब ४९ करोड राजस्व सङ्कलन गरेको छ। भन्सार कार्यालयको राजस्व सङ्कलन वृद्धि ११० प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्ष २०७७÷७८ मा कार्यालयले २१ अर्ब राजस्व सङ्कलन गरेको थियो। चालू आवमा रु २५ अर्ब राजस्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य छ। चालू आवमा प्रेट्रोलियम पदार्थ, चामल, दालचिनी, गहुँ, मकै, उद्योग, कच्चापदार्थ, लत्ताकपडा, गेडागुडी, तरकारी र खसीबोकाको आयातमा वृद्धि भएको छ। जडीबुटी र सुगन्धित तेल निर्यात बढी भइरहेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जयबहादुर भण्डारीले बताए।
नेपालगञ्ज नाकाबाट हरेक वर्ष चामल आयतमा वृद्धि हुँदै गएको छ। नेपालगञ्ज नाकाबाट गत आवमा वर्षमा एक अर्ब ५२ करोड ३७ लाखको गेडागुडी भारतबाट आयात भएको भएको थियो। बाँकेमा खुला सीमाका कारण भन्सार कार्यालयलाई लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न समस्या हुने गरेको भण्डारी बताए।